नियम १२३
स्तर निर्धारण समितिको गठन
(१) कर्मचारीले हासिल गरेको सेवाकालीन तालिमको
विषय, श्रेणी, स्तर र समकक्ष निर्धारण गर्नु परेमा नेपाल सरकारले तत्सम्बन्धी
विशेषज्ञहरू रहेको स्तर निर्धारण समिति गठन गर्न सक्नेछ ।
(२) कर्मचारीले हासिल गरेको शैक्षिक उपाधिको विषय, श्रेणी, स्तर र समकक्ष
निर्धारण गर्न द्विविधा परेमा तत्सम्बन्धमा नेपाल …….. भित्रको मान्यता प्राप्त
विश्वबिद्यालयको सिफारिस अनुसार हुनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्राप्त भएको सिफारिसलाई लोक सेवा
आयोगको परामर्श लिई कार्यान्वयन गरिनेछ ।